एसइईको फारम अब अनलाइनबाटै

title
सोमवार, अशोज २२, २०७५

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने एसइईको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ ।
एसईईको परीक्षा आवेदन फारम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फारम अनलाइनबाटै भर्न सक्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताउनुभयो । फारम बोर्डको वेबसाइडमा राखिएको छ ।
यसअघि विद्यालयले भरेका फारम जिल्लास्थित शिक्षा,विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो । अनलाइनमार्फत फारम भराउन नसक्ने विद्यालयले पहिले जस्तै विद्यार्थीबाट कागजी फारम भराएर इकाइ कार्यालयमार्फत बुझाउनु पर्ने छ ।