एसईईको तयारी पुरा, परीक्षामा ४ लाख ७५ हजार विधार्थी सहभागी हुने

title
शनिबार, चैत्र ९, २०७५

काठमाडाै । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि प्रदेश सरकारको व्यवस्थापनमा हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएकोछ ।

चैत १० गतेदेखि सञ्चालन हुने परीक्षाका लागि केन्द्र तोक्ने काम सकिएको छ भने, केन्द्राध्यक्ष, सहकेन्द्रध्यक्ष तोक्ने काम पनि सकिएको छ । यसपालीको परीक्षा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाई अर्थात तत्कालीन जिल्ला शिक्षा कार्यालयले परीक्षा समन्वयमा सञ्चालन हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा ४ लाख ७५ हजार विधार्थी सहभागी हुनेछन् । त्यसका लागि १ हजार ९ सय ६९ केन्द्रमा तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन देशभरबाट ७२ हजार ६ सय ७१ जनशक्ति परिचालन गरिएको छ ।

परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतका सरोकार पक्षसंग समन्वय गरिएको छ । चिट चोर्ने तथा चोराउनेलाई निस्काष्न गर्ने सम्मको कारबाही हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।