एसिड आक्रमणमा परेकी सम्झना दासको उपचारकै क्रममा निधन

title
सोमवार, अशोज ८, २०७५

काठमाडौं । एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा निधन भएको छ ।

सम्झनाको गएराति ११ बजेतिर निधन भएको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ । तीजको दरखाने राति सम्झना र उनकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो ।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ परेका छन् । बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।