एसियाकप छनौट क्रिकेटः मलेसियामाथि नेपालको जित

title
शनिबार, भदौ १६, २०७५

काठमाडौ । एसियाकप छनाैटकाे तेस्रो खेलमा नेपालले शनिवार मलेसियालाई १९ रनले हराएको छ ।

क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो ।

वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो । त्यसपछि दिपेन्द्रसिंह ऐरी र अारिफ शेखले ८८ बलमा १ सय १ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाए ।

मलेसियाका लागि इद्रुसले ३ तथा शारविन मुनियान्डीले ३–३ विकेट लिए । भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ । एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब थियो ।