एसिया कप क्रिकेट छनोटमा नेपालको झिनो आशा बाँकी

आज नेपालले सिंगापुरको सामना गर्दै
काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेल अन्तर्गत तेस्रो खेलमा जित हासिल गरेर एसिया कप छनोटको आशा जिवितै राखेको नेपालले आज सिंगापुरको सामना गर्ने भएको छ ।
लगातार दुई खेलमा पराजय व्यहोरोको नेपालले तेस्रो खेलमा जित हात पारेको हो । तेस्रो खेलमा नेपालले आयोजक मलेसियाविरुद्ध शनिबार १९ रनको संघर्षपूर्ण जित हात पा¥यो । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । मलेसियाको सुरुवात राम्रै थियो । तर, अन्तिम समयमा नेपालका बलर हावी भए । २६.२ ओभरमा सन्दीप लामिछानेले मोहम्मद रम्लीलाई १६ रनमा आउट गराए भने चौथो बलमा अर्को विकेट लिए । २८ ओभर लिएर आएका सोमपाल कामीले मलेसियाका मोहम्मद अन्वार रहमानलाई शुन्य रनमा बोल्ड आउट गराए । २९ औं ओभरको अन्तिम बलमा बसन्त रेग्मीले विकेट लिए । अन्तिम ओभरमा मलेसियालाई २५ रन आवश्यक थियो तर, सोमपालले ५ रन मात्र दिए ।
मलेसियाका लागि अजिज मुबारक र अन्वार अरुदिनले समान ३४–३४ रन बनाए भने अहमेद फैजले २२ भिरनदिप सिंहले २१ र शाफिक शारिफले ९ रन बनाए । नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए ।
वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट नेपालले गुमाइसकेको अवस्था थियो ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १ सय १ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए । सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत प्रहार गरेका थिए ।
शनिबारबो जितसँगै नेपाल मलेसियामाथि सधै हाबी रहेको प्रमाणित गरेको छ । यसअघिका ५ भेटमा नेपालले सबै नतिजा आफ्नो पक्षमा पारेको थियो । एसिया कप छनोटमा लगातार दुई हार व्यहोरेको नेपालले शबिार मलेसियामाथि जित निकालेसँगै एसियाकप खेल्ने आशा भने जिवितै रहेको छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग लगातार जित निकाल्नु पर्ने छ भने अर्को टिमको नतिजामा समेत भर पर्नुपर्नेछ । जारी प्रतियोगिताको दोस्रो खेलमा यूएईसँग ७८ रनले पराजित भएको नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेले पराजित भएको थियो ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता
-
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण
-
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
-
फेरी टेण्डर गरेर भएपनि मेलम्ची समयमै ल्याउने सरकारको प्रतिवद्धता
-
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
-
विवादका बिच नेकपा एकता कार्यदल भंग
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै