एशिया कप छनौट क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरियो

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । मलेसियामा जारी एशिया कप छनौट क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

आज समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित भएसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसंगै एशिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ ।

यसअघि सूरुवाती व्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा अलआउट हुंदै ९५ रन बनाएको थियो । नेपाल हङकङसंग ३ विकेटले पराजित भएको हो ।

९६ रनको लक्ष्य पछ्याएको हङकङले ३२ ओभर २ बलमा भेट्टाएको हो । हङकङले नेपालले दिएको ९६ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि सन्दिप लामीछानेले ५ विकेट लिए ।

त्यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए । हङकङका लागि अंशुमन रथले सर्वाधिक ५२ रनको योगदान दिए ।

सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए । पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए ।