एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसिया बीच खेल जारी

title
शनिबार, भदौ १६, २०७५

काठमाडौ । एसिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया बीच खेल जारी छ ।

मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको हो ।

निर्धारीत समयभन्दा ढिलो भएको खेल ३० ओभरमा झारिएको छ । बिहान सवा सात बजे हुने भनिएको खेलको टस हुन केहि समय अगाडि वर्षा भएपछि खेल रोकिएको थियो ।

सुरूवाती दुई खेलमा हार ब्यहोरेको नेपालले फाइनलको आशा जिवितै राख्न बाँकि सबै खेल जित्नु पर्ने दबाब छ ।