एसिया कप व्हिल चियर टी–ट्वान्टीमा नेपाल भारतसंग पराजीत

title
बुधबार, जेष्ठ १, २०७६

काठमाडौँ । बुधबारबाट सुरु भएको एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको छ ।

किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित रहदै ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै विपिन पौडेलले अविजित ३३ तथा रमेश खत्रीले १५ रन जोडे । नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा गौरब विश्वनाथले अविजित रहदै अर्धसतकिउ पारी खेल्दै ५० रन बनाए ।

त्यस्तै प्रशुराम देशाईले १९,  निकुलले १६ तथा सौरभ मलिकले १४ रन जोडे । नेपालका विपिन पौडेल, राजु कटवाल, यम बहादुर श्रेष्ठ र डम्बर मगरले एक एक विकेट लिए । पहिलो पटक आयोजना भएको एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्  ।