एसिया छनोट : नेपालको शानदार सुरुवात

title
शुक्रबार, चैत्र २९, २०७५

काठमाडौँ । नेपालले आईसीसी विश्वकप अन्र्तगत एसिया छनोटमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा अलआउट हुँदै ६५ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि इशान स्वानीले सर्वाधिक २८ रन र साइ भेनु गोपालले १८ र जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सरार्फले ३ विकेट हात लिए ।

त्यस्तै कुशल मल्ल र सुर्य तामाङले समान दुई दुई विकेट हात पारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८२ रन बनाएको थियो । नेपालाका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पवन सराफले ४७, राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए ।

अब दोस्रो खेलमा नेपालले शनिबार युएईसंग प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेल मलेसियासंग अप्रील १५ मा खेल्दा अप्रील १६ मा ओमानसंग खेल्ने छ । नेपालले पाँचौ तथा अन्तिम खेल अप्रील १८ मा कुवेतसंग खेल्नेछ । नेपालसहित ८ टोलीले सहभागी छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।