एसीसी यु–१६ खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

title
बुधबार, बैशाख ४, २०७६

काठमाडौं । एसीसी यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा भएको छ । बुधबार घोषणा भएको १४ सदस्यीय टोलीको कप्तान बिशाल विक्रम केसी छन् ।

कप्तान केसीसँगै आशिष भट्टराइ, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिल कुमार सिंह, विशाल कुमार पटेल, क्रृश कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज वीके, प्रशान्त सिंह र सुशान्त थापा छन् । टोलीको वैकल्पीक खेलाडीमा अभिषेक गौतम, परशुराम यादव, अरबाज अनसारी र विवेक दरासि छन् ।

नेपाली टोलीको नेतृत्व टिम व्यवस्थापक सुन्दीप शर्माले गर्नेछन् भने मुख्य प्रशिक्षकमा वसन्त शाही र फिजियोथेरापिस्टमा दिनेश भट्ट छन् ।

अप्रिल १८ मा थाइल्यान्ड जाने नेपाली टोलीले नेपालले आफ्नो पहिलो खेल म्यानमारसँग अप्रिल २० मा खेल्नेछ ।

थाइल्यान्डमा अप्रिल २० देखि २८ सम्म सञ्चालन प्रतियोगितामा नेपालसहित पूर्वी क्षेत्रका ८ टिम रहेका छन् । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा बिभाजन गरीएको छ ।

नेपाली टोली समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसहित मलेसिया, म्यानमार र आयोजक थाइल्यान्ड रहेका छन् । यस्तै, समूह ‘बी’ मा सिंगापुर, हङकङ, चीन र भुटान छन् ।