एसिसी अण्डर नाईन्टीन क्रिकेट : हङकङलाई हराउँदै नेपाल एसिया कपमा

title
मङ्लबार, असार २४, २०७६

काठमाडाैँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै नेपाल यू–१९ एसिया कपका लागि छनाैट भएको छ । नेपालले पूर्वी क्षेत्र छनोटको फाइनलमा मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पारेको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई १३ रनमा आउट भए । ३९ रन बनाएर आउट भएका पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।