एसीसी यू–१९ इस्टर्न रिजनको खेल तालिका सार्वजनिक

title
मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं । एसियन क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने एसीसी यू–१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसीसीले २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसहित सिंगापुर, म्यानमा र चीन रहेका छन् भने समूह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया रहेका छन् ।

प्रतियोगिता मलेसियामा ३० जुन २०१९ देखि १० जुलाईसम्म सञ्चालन हुनेछ ।

नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ भने दोस्रो ५ जुलाईमा सिंगापुर, ६ जुलाईमा र चीनसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुनेछ ।