ए डिभिजन लिगः आज संकटा र एपीएफ भिड्ने

title
सोमवार, पुस २३, २०७५

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत जारी अन्तिम चरणको खेलमा सोमबार एउटा खेल हुँदैछ ।

लिग अन्तर्गत दिउँसो साढे दुई बजेपछि हुने खेलमा संकटा क्लबले सशस्त्र प्रहरीको एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ ।

१२ खेलबाट २८ अंक जोडेको संकटा क्लब उपविजेता हुने पक्का भएको छ । यस्तै २० अंकसहित एपिएफ पाँचौँ स्थानमा छ ।