ए डिभिजन लिग : अंक तालिकामा कस्को स्थिति कस्तो ?

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजका खेल समाप्तिसँगै चौथो चरणको खेल समापन हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा हुने २ खेलसँगै चौथो चरण सकिन लागेको हो ।

आज हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा भिड्ने छन् । दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पा आजको खेलमा विजयी भए तेस्रो स्थानमा पुग्ने छ । पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको मछिन्द्र पनि स्पष्ट तीन अंक लिने प्रयासमा हुने छ । मछिन्द्र विजयी भए ११औं स्थानबाट आठौं स्थानमा आउने छ ।

यसैगरी आजै दिउँसो साढे २ बजे फेन्ड्स र जावलाखेल युथ क्लब आमने सामने छन् । तालिकाको पुछारमा रहेका दुवै टिमआजको खेलमा पहिलो जित हात पार्ने प्रयासमा हुने छन् ।

दुवै टिमले अहिलेसम्म तालिकामा अंक जोड्न सकेका छैनन् । चौथो चरण जारी रहँदा अहिले सम्म मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । मनाङले ४ खेलबाट १२ अंक जोड्दै पहिलो स्थामा छ भने समान ४ खेलबाट आर्मीले १० अंक जोड्दै उसालाई पछ्याइरहेको छ ।