ए डिभिजन लिग आज सरस्वती र संकटा भिड्दै

title
आइतवार, अशोज १४, २०७५

काठमाडौं । साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हुने खेलमा सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोली एन्फा कम्प्लेक्समा खेल्नेछन् ।

संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि विदेशी खेलाडीको सम्मिश्रण गरेर टोली तयार पारेको छ भने संकटाले युवा र अनुभवी खेलाडीको आडमा लिगको शीर्ष ६ मा अटाउने जमर्को गरेको छ ।

शनिबार भएको लिगको पहिलो खेलमा आर्मी र एनआरटि २–२ को बराबरी खेलेका थिए । राष्ट्रिय टोलीले बंगबन्धु कप खेल्ने भएसँगै लिग आजको खेलपछि स्थगित हुनेछ ।