ए डिभिजन लिग : चौथो चरण समाप्ति , अंक तालिकामा कस्को स्थिति कस्तो ?

title
बिहिबार, मंसिर १३, २०७५

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले लगातार तेस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा मच्छिन्द्र क्लबलाई दुई शुन्य गोल अन्तरले हराउँदै शेर्पा लिगको तेस्रो स्थानमा पुगेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा कर्ण लिम्बु र आशिष गुरुङले एक एक गोल गरे । खेलको सुरुवात देखि नै आक्रमणमा उत्रिएको शेर्पाले २१ औं मिनेटमा पहिलो गोल ग¥यो । एक गोलले पछि परेको मच्छिन्द्रले पहिलो हाफको अन्तिममा गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

त्यसपछि ५५ औं मिनेटमा मच्छिन्द्रले अर्को मौका पाएको थियो । जसमा उ फेरी चुक्न पुग्यो । ८९ औं मिनेटमा शेर्पाले अग्रता दुई शुन्यमा पु¥यायो । यसपटक उसका लागि कर्ण लिम्बुले गोल गरे । त्यसपछि मच्छिन्द्र खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि शेर्पाले चार खेलबाट १० अंक बनाएको छ । मच्छिन्द्रको चार खेलबाट दुई अंक छ ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा लिगको पुछारमा रहेका दुई क्लब ग्रान्डमास्टर जावलाखेल युथ क्लब र एनआइविएल फ्रेन्डस् क्लबले अंकको खाता खोलेको छ । चौथो चरणको अन्तिम खेलमा बुधबार जावलाखेल र फ्रेन्डस्ले ३–३ गोलको बराबरी खेल्दै लिगमा पहिलो अंक जोड्न सफल भएका हुन् । बराबरीपछि जावलाखेल १२औं स्थानमा उक्लँदा फ्रेन्डस १३औं स्थानमा रहेको छ ।

गोलअन्तरमा एनआरटी पुछारमा धकेलिएको छ । फ्रेन्डसका विकास लामा, फोफाना ब्राहिमन र धिरज श्रेष्ठले गोल गरे । जावलाखेलका अरुज सिंह, फोडे फोफाना र सुमन डंगोलले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निकै नै रोमाञ्चक प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेन्डस्ले खेलको २६औं मिनेटमा विकास लामाको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा अरुज सिंहले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

दोस्रो हाफको सुरुवाती सात मिनेटभित्र जावलाखेलले दुई गोल गर्दै फ्रेन्डसमाथि ३–१ ले अघि बढेको थियो । ४७ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–१ ले अघि बढाएका थिए । ५२ औं मिनेटमा सुमन डंगोलले गोल गरेपछि जावलाखेलले खेलमा ३–१ को अग्रत बनाएको थियो । तर, ३–१ ले पछि परेपछि जावलाखेलले उत्कृष्ट खेल पस्कदै खेललाई बराबरीमा ल्याउन सफल भयो ।

६८औं मिनेटमा फोफाना ब्राहिमनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ८२औ मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

ए डिभिजन लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख नगद राशि पाउनेछ भने उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछ ।