ए डिभिजन लिग पुनः आजबाट, मच्छिन्द्र र च्यासल आमने–सामने

title
बुधबार, अशोज २४, २०७५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगबन्धु गोल्डकपमा सहभागिता जनाएपछि स्थगित भएको ए डिभिजन लिग पुनः बुधबारबाट शुरु हुँदैछ । बुधबार हुने खेलमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लब आमने–सामने हुँदैछन् ।

शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिएको थियो । तर, बंगबन्धुमा नेपाल समूह चरणबाट बाहिरिएपछि एन्फाले ए डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार पहिलो खेलमा मच्छिन्द्र र च्यासल भिड्दैछन् भने विहीबार फ्रेन्डस् क्लब र थ्री स्टार तथा जावलाखेल र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । २६ असोजमा हिमालयन शेर्पा क्लब र एपिएफ क्लब तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई एनआरटीले २–२ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै ३ अंक बुटुल्न सफल भएको थियो ।