‘ए’ डिभिजन लिग मंसिर १ देखि पुनः सञ्चालन

title
मङ्लबार, कार्तिक १३, २०७५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर १ बाट शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाली टोलीले भाग लिने क्रममा लिग स्थगित गरिएको थियो ।एन्फाले बुधबार नयाँ खेल तालिका सार्वजनिक गर्दै लिग मंसिर १ गतेबाट पुनः सुरु हुने जानकारी गराएको हो ।
एन्फाले १०औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । १ चरणको खेल भने दशै अघि सम्पन्न भैसेकेको छ ।नयाँ तालिकाअनुसार दोस्रो राउन्डको पहिलो खेलमा उपाधिको दावेदार सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । खेल हल्चोकस्थित एपिएफ रंगशालामा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच दिउसो २ः ३० बजे खेल हुनेछ ।
दोस्रो चरणको दोस्रो खेलमा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सोही दिन ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच खेल हुनेछ । दोस्रो राउन्डको तेस्रो दिन तीन खेल हुनेछ । जावलाखेल र संकटा, फ्रेन्डस् क्लब र एपीएफ र हिमालयन शेर्पा र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।