’ए’ डिभिजन लिग: मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा 

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आज सम्पन्न खेलमा विभागीय टिम एपीएफलाई दुई एक गोल अन्तरले पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जीत दिलाउन आफिज ओलावा र अन्जन बिष्टले एक÷एक गोल गरे । एपीएफका नबिन लामाले सान्त्वना गोल फर्काए ।

खेलको २० औं मिनेटमा ओलावाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७औं मिनेटमा एपीएफले पेनाल्टी पायो ।

मनाङका मोहमद आसिफले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा नबिनले गोल गर्दै खेल एक÷एक को बराबरीमा ल्याए ।

तर, खेलको ४५औं मिनेटमा मनाङले पेनाल्टी प्राप्त गर्यो । एपीएफका सन्तोस कुमार कटवालले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अन्जनले गोल गर्दै मनाङलाई पहिलो हाफमै दुई एकको अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल मनाङले दुई एकले आफ्नो पोल्टामा पा¥यो । एपीएफविरुद्धको जितसंगै मनाङले आफ्नोे अपराजित यात्रा कायम राखेको छ ।

मनाङले ४ खेलमा ४ जित निकाल्दै १२ अंक जोडेको छ । यस्तै ४ खेलबाट ४ अंक जोडेको एपीएफ आठौ स्थानमा छ ।

त्यस्तै आजै भएको पहिलो खेलमा सरस्वतीले ब्रिगेडलाई दुई/एक गोल अन्तरले पराजित गरेको छ । सरस्वतीलाई जित दिलाउन बिनोद केसी र फ्रान्सिस ओकेछुुक्वुु ओन्यमले एक÷एक गोल गरे । जितसंगै सरस्वतीले ३ खेलबाट ६ अंक जोडेको छ ।