ए डिभिजन लिग : हिमालयन शेर्पा क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

title
शुक्रबार, अशोज २६, २०७५

काठमाडौ । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

आज भएको पहिलो खेलमा हिमालयन र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् । यो बराबरीसंगै हिमालयन र एपीएफले एक–एक अंक प्राप्त गरेका छन् ।

खेलमा हिमालयनका आशिष गुरुङ म्यान अफ दि म्याच चुनिए छन् । लिग अन्तर्गत ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीच खेल जारी छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पहिलो हाफको खेल सकिंदा ब्रिगेड ब्वाईजले एक शुन्य गोलको अग्रता लिएको छ ।

खेलको २८औ मिनेटमा ब्रिगेडका रजक तिवारीले डि बक्स बाहिरबाट सुन्दर गोल गरेका हुन् । लिगमा पुलिस, थ्री स्टार र संकटा क्लबले ३/३ अंक जोडेका छन ।