ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तिव्र

title
शनिबार, फाल्गुन २५, २०७५

काठमाडौ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु¥याएको काठमाडौंको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तिव्र रुपमा भईरहेको छ ।

उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण भइरहेको हो । रानीपोखरीका ऐतिहासिक पर्खाललाई सफा गर्ने काम भईरहेको छ भने पोखरीमा पानी अड्याउन कालोमाटोले पुर्ने काम भइरहेको छ । परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण गरिने समितिले जनाएको छ ।

गत माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । पुनर्निर्माणमा ४० जना कालीगढ खटिएका छन् भने आवश्यकताअनुसार संख्या बढाइने बताईएको छ ।

भक्तपुर स्थीत भाजुपोखरी जिर्णोद्धार समितिका अध्यक्ष कृष्ण प्रसाद डंगोलले भक्तपुरका कालिगढ र अन्य सरोकारवालाहरुको मद्धतले रानीपोखरी पुनर्निर्माणको कार्य भईरहेको बताउनुभयो । प्राधिकरणले रानीपोखरी क्षेत्रका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन समेत गरिएको छ ।