‘ओलीले नयाँ युगको नाममा प्रतिगामी युगको सुरुवात गरे’

title
शनिबार, मंसिर १५, २०७५

धादिङ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्व सरकारले नयाँ युगको नाममा प्रतिगामी युगको सुरुवात गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको भेला शुक्रबार धादिङको घाटबेसीमा उद्घाटन गर्दै नेता सिंहले प्रोपोगन्डा र प्रचारले मुलुक नयाँ युगमा प्रवेश नगर्ने दाबी गरेका हुन् ।