हजारौंको संख्यामा राँगा र खसि वोकाको वली

title
शुक्रबार, कार्तिक २, २०७५

सप्तरी । प्रसिद्ध शक्ति पीठ छिन्नमस्ता देवी मन्दिर र कंकालिनी भगवती मन्दिरमा हजारौंको संख्यामा राँगा र खसि वोकाको वली दिइएको छ । भारदह स्थित कंकालिनी मन्दिरमा महानवमीका दिन ६ सय ३२ वटा रागा वलि प्रदान गरिएको छ ।

त वर्षपनि यही मन्दिरमा ४९३ वटा रागाको वलि प्रदान गरिएको थियो । मन्दिर समितिका अनुसार यस वर्ष ६३२ राँगा र २० हवाजर ५ सयको संख्यामा खसि वोका वलि प्रदान गरिएको छ ।

मन्दिरमा यसपल्ट नेपालका साथै भारतको विभिन्न राज्यवाट गरी करिव २५ लाख श्रद्धालु आएको मन्दिर समितिले जानकारी दिएको छ । यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता देवि मन्दिरमा घटस्थापना देखि महानवमी सम्म करिव २४ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित मन्दिरमा यस वर्ष ५० लाख श्रद्धालु आएको मन्दिर संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष रामनारायण यादवले जानकारी दिनुभयो ।