कंगोको एमबुजा ग्रामीण इलाकामा तेल ट्यांकर दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु

title
आइतवार, अशोज २१, २०७५

काठमाडौं । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको ज्यान गएको छ ।

दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको ज्यान गएको हो।

दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।