कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

title
बिहिबार, साउन १७, २०७५

काठमाडौं – कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो। तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको हो।

गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी छन्। यस पटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ।