कञ्चनपुरका तत्कालिन एसपी विष्ट निलम्बित

title
शनिबार, भदौ ९, २०७५

काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार उनलाई तत्काल निलम्बन गर्न निर्देशन दिइएको हो । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनामा विवादमा तानिएपछि उनलाई काठमाडौं फिर्ता बोलाइएको थियो।
कञ्चनपुरका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र कञ्चनपुर प्रहरी कार्यालयको मुद्दा शाखाका इन्स्पेक्टर एकिन्द्र खड्कालाई समेत अनुसन्धान गरी कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई  निर्देशन दिएको छ ।