कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा

title
बिहिबार, भदौ ७, २०७५

चन्द्रकान्त जोसी/कञ्चनपुर । बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै स्थानीयबासीले पछिल्ला दिनमा आन्दोलन चर्काउदै आएका थिए ।

आन्दोलन चर्किदै गएपछि सरकारले बलात्कार र हत्याबारे छानबिन र शान्ति सुरक्ष्ाँ कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सहायक प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्दै फिर्ता बोलाएको छ ।

बलात्कार र हत्यापछि विवादित एसपी डिल्लीराज विष्ट, डिएसपी जानबहादुर सेट्ठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले कञ्चनपुरको नया सिडिओमा सहसचिव तारानाथ अधिकारीलाई पठाएको छ । घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै नागरिक समाज, राजनीतिक दलका नेताले विहिबार गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ । समितिमा ३ ओटै सुरक्षा निकायका प्रहरी नायब उपरीक्ष्ँक, आन्तरिक मामिला तथा कानून मन्त्रालय र ७ नम्बर प्रदेशका प्रतिनिधि छन् । बालिका बलात्कारमा संलग्न वास्तविक दोषी पहिचानको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि कञ्चनपुर सदरमुकाम महेन्द्रगर र आसपासको क्षेत्रमा विहीबार ३ बजेदेखि कर्फ्यू लगाइएको छ ।

प्रदर्शनले असामान्य अवस्था सृजना गरेको भन्दै प्रहरीले अश्रु ग्या“स सहित गोली चलाउँदा ८ जना घाइते भएका छन । वडा प्रहरी कार्यालय नजिकै गोली चलाउ“दा घाइते भएकामध्ये १८ वर्षीय अर्जुन भण्डारीको अवस्था गम्भीर छ ।

घाइतेहरुको महकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भाँसी, सिसैया, दैजी लगायतका स्थानमा टायर बालेर चर्को नाराबाजी गरेका थिए । आन्दोलनका कारण चार दिनदेखि कञ्चनपुरमा बजार, शिक्षण संस्था यातायात ठप्प छन् । गत साउन १० गते साथीको घरमा पढ्न गएकी भीमदत्तनगर नगरपालिकाकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीले घटना भएको २५ दिनपछि मानसिक सन्तुलन गुमाएका भनिएका स्थानीय दिलीप बिष्टलाई सार्वजनिक गरेको थियो । १३ वर्षीया बालिका निर्मलाको गत साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो ।