महेन्द्रनगरमा कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइयो

title
आइतवार, भदौ १०, २०७५

कञ्चनपुर । निर्मला पन्तको हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्यु जनै पूर्णिमालाई लक्षित गरी विहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाएको थियो ।

१० बजेपछि लगाइएको कफ्र्यू अर्को आदेश नभएसम्मका लागि जारी गरिएको छ ।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षा कायम गराउन स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।