कञ्चनपुर अपडेट : कफ्यूका बाबजुद प्रदर्शन रोकिएन, प्रहरीबाट अश्रु ग्याँस प्रहार जारी

title
बिहिबार, भदौ ७, २०७५

 ८ प्रदर्शनकारी घाइते, एकको अवस्था गम्भीर

कञ्चनपुर । बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शन उग्र भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शन उग्र भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही बेर अघिबाट अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो । कफ्र्यू पूर्ब दिउ“सो साढे १२ बजेतिर भएको अँन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले असामान्य अवस्था सृजना गरेको भन्दै प्रहरीले अश्रु ग्या“स सहित गोली चलाउ“दा ८ जना घाइते भएका छन ।

वडा प्रहरी कार्यालय नजिकै गोली चलाउदा घाइते भएकामध्ये १८ वर्षीय अर्जुन भण्डारीको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था भने सामान्य रहेको छ । उनिहरुको महकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भासी, सिसैया, दैजी लगायतका स्थानमा टायर बाल्दै चर्का नाराबाजी गरिरहेका छन । आन्दोलनका कारण चार दिनदेखि कञ्चनपुरमा बजार, शिक्षण संस्था यातायात ठप्प छन् ।

प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न भएको भन्दै मानसिक सन्तुलन गुमाएका स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि दोषीलाई उन्मुक्ति दिन प्रहरी नै सक्रिय भएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएका हुन ।

भिमदत्तनगर नपालिकाकी १३ बर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।