कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको माग राख्दै बिद्यार्थी संघको काठमाडौंमा प्रदर्शन

title
आइतवार, भदौ १०, २०७५

काठमाडौं । कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग राख्दै नेपाल बिद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौको घण्टाघरस्थीत त्रिचन्द क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण केहिवेर सो क्षेत्रको यातायात सेवा प्रभावित भएको थियो । उनिहरुले महिला हिंसा र बलात्कारको घटनाको दोषीलाई फासीको सजाय दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले आफ्ना जनताको जिउधनको रक्षा गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

प्रदर्शनकारीले कञ्चनपुरमा गरिएको विरोध प्रदर्शनमा व्यापक प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ती समेत जनाएका छन् ।

उनीहरुले जनजिविका र जनसरोकारका बिषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।