कतार फिफा विश्वकपमा ३२ टोेली सहभागी हुने

बिहिबार, जेष्ठ ९, २०७६

ऐजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा ३२ टोलीले सहभागीता जनाउने भएका छन् । यसअघि ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएपभि पर्याप्त तयारी अभावका कारण कतार विश्वपकमा भने ३२ टोली नै सहभागी हुने भएका हुन् ।

फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा गहन छलफल हुँदा अहिले सम्भव नभएको बताए । यता, कतारले पनि ४८ देश नै विश्वकपमा सहभागी गराउने तयारी गरेपनि अहिले त्यो सम्भव नहुने देखिएको बताएको छ ।