कपडामा हालिने रसायन मिठार्इमा हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

title
बुधबार, अशोज १७, २०७५

काठमाडौैं । कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्राे ए वान’ रसायन मिठार्इमा प्रयोग भएको पाइएको छ । मिठार्इलाई चमक दिने यो रसायन स्वास्थ्यका लागि हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

यस्तो रसायन प्रयोग भएपछि विभागले राजधानी बानेश्वर स्थित संगम स्विट्सको गोदाम सिल गरि बिक्रीमा प्रतिवन्ध लगाएको छ । अखाद्य वस्तु बेचेको र मापदण्ड पुरा नगरेको पाइएपछि विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेधी नेतृत्वको अनुगमन टोलीले सिल गरेको हो ।

संगमको मिठार्इमा ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको भेटिएको अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।