नयाँ कानूनः कम्पनी चलाउन वा शेयर किन्न पनि ८ कक्षा पास हुनैपर्ने

title
बुधबार, भदौ ६, २०७५

काठमाडौँ । अब कुनै कम्पनी चलाउन वा शेयर किन्न समेत कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने नयाँ व्यवस्थासहितको कानून बन्न लागेको छ ।

शिक्षा मन्त्रालयले तयार पारेको अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को दफा १९ मा २०८५ साल बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्तिले कुनै पनि कम्पनी, फर्म, सहकारी संस्था वा गैह्रसरकारी संस्थाको संस्थापन गर्न वा त्यस्तो कम्पनी फर्म वा संस्थाको संस्थापक सेयरधनी, सञ्चालक वा सदस्य वा कुनै पदाधिकारी हुन र कुनै पनि पेसा, रोजगार, व्यवसाय सञ्चालन गर्न कुनै नियमनकारी निकायबाट लिनुपर्ने अनुमतिपत्र वा इजाजतपत्र प्राप्त गर्न नपाउने व्यवस्था गरिएको छ । जुन विधेयकमाथि अब संसदमा छलफल शुरु हुनेछ ।