कम्युनिटी सिल्डको उपाधि सिटीले जित्यो

title
सोमवार, साउन २१, २०७५

एजेन्सी । म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि जितेको छ। आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो।
सिटीको जितमा दुवै गोल सर्जियो अग्युरोले गरे। वेम्बलीमा भएको खेलमा अग्युरोले १३औं र ५८औं मिनेटमा गोल गरेका थिए। योसँगै अग्युरोले म्यान्चेष्टर सिटीबाट २०१ गोल गरेका छन्। माउसिजिओ सारीको प्रशिक्षणमा रहेको चेल्सीले खेलमा दरिलो उपस्थिति देखाउन सकेन।
म्यानचेस्टर सिटीले सात वर्षपछि पहिलो पटक कम्युनिटी सिल्डको उपाधि जितेको हो। उसले सन् २०१२ मा पनि चेल्सीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो। चेल्सी पाँच पटक कम्युनिटी सिल्डको फाइनलमा पुग्दा पनि कम्युनिटी सिल्डको उपाधि जित्न सकेको छैन।