कम्युनिष्ट सरकार प्रेस स्वतन्त्रता विरोधी बनेको देउवाको आरोप

title
सोमवार, माघ ७, २०७५

आस गुरूङ । लम्जुङ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार प्रेस स्वतन्त्रता विरोधी बनेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन लमजुङ शाखाको छैटौ जिल्ला अधिवेशनको सोमवार उद्घाटन गर्दै सभापति देउवाले प्रेस जगतको अधिकारमाथी कम्युनिष्ट सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभएको हो ।

कांग्रेस नेतृत्वको सरकारले प्रेस स्वतन्त्रता बारे खुलेर लागेपनि अहिलेको सरकारले सुचना समेत लुकाउने गरेको उल्लेख गर्दै सभापति देउवाले कम्युनिष्ट सरकार अराजक शैलिमा प्रस्तुत हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । प्रेस जगतले पनि जनता माझ सहि सुचना पु¥याउन चुक्न नहुने भन्दै सभापति देउवाले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधैं लागि पर्ने समेत उल्लेख गर्नुभयो । प्रेस युनियन लमजुङमा ऋषी अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।