करार शिक्षक केन्द्रीय संघर्ष समितिले थप आन्दोलन गर्ने चेतावनी

title
मङ्लबार, माघ २९, २०७५

काठमाडौ । छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सरकारले आफ्ना मागप्रति उदासीनता देखाएको भन्दै थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मङ्गलवार काठमाडौमा प्रथम केन्द्रीय सम्मेलनको आयोजना गर्दै उनीहरुले आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित वा मौखिक निर्णय नदिएको भन्दै थप आन्दोलनको तयारी गरेको जनाएको हो ।

उनीहरुले मुलतः करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने लगायतका माग अघि सारेका छन् । खुल्ला शिक्षकको नतिजा प्रकाशनसँगै छुट करार अस्थायी शिक्षकहरुको रोजीरोटी खोसिने भन्दै उनीहरुले नवौं शिक्षक ऐन बमोजिम अस्थायी शिक्षक सरह ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गर्न माग गरेका छन् ।

हाल देशभर करिब १३ हजार करार शिक्षक रहेको समितिले जनाएको छ ।