करेन्ट लागेर २ जनाको मृत्यु

title
शनिबार, भदौ ३०, २०७५

उदयपुर । उदयपुरको चौदण्डिगढि नगरपालिका ५ सिवाईमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

सप्तरिको फत्तेपुरबाट बालुवा लिएर गएको ना.अ.प. १३२९ न. को टिप्परमा वालुवा खानाउने क्रममा १२ हजार भोल्टको करेन्ट सर्ट हुंदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा टिप्पर चालक उदयपुर चौदण्डिगढी नगरपालिका ९ का ४० बर्षका बिष्णु कार्की र सहचालक सोहि ठाउंका १९ बर्षका भक्त बहादुर खड्काको ज्यान गएकोे प्रहरिले जनाएको छ ।