कर्फ्यु केही खुकुलो, महेन्द्रनगरको जनजीवन सामान्य बन्दै

title
सोमवार, भदौ ११, २०७५

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा लगाइएको कर्फ्यु केही खुकुलो पारिएपछि जनजीवन सामान्य बन्दै गएको छ ।

स्थानीय प्रशासनले आज बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु हटाएको छ ।
कर्फ्यु हटाइएको समयमा बजारमा चहलपहलसमेत बढेको छ ।

स्थिति हेरेर कर्फ्युको समय घटाउँदै लगिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

निर्मला पन्तका हत्याको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै स्थानीयबासीले प्रदर्शन चर्काएपछि प्रशासनले शुक्रबारदेखि लगातार कर्फ्यु लगाउँदै आएको थियो ।