कर्मचारी समायोजन अध्यादेश स्वीकृत

title
मङ्लबार, मंसिर १८, २०७५

काठमाडौ,१८ मंसिर । सरकारले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार राती सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीयता कार्यान्वयनको महत्वपुर्ण तर निकै विवादीत र पेचिलो विषयको रुपमा रहेको कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने छ । जलवायू सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पोल्याण्डमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएलगत्तै उक्त अध्यादेश प्रमाणीकरण हुनेछ ।

अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सुचना प्रकाशन भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया थाल्ने दावी गरेको छ । जस अनुसार यही साता मन्त्रालयले समायोजनमा जानका लागि कर्मचारीलाई सुुचना प्रकाशन गरि प्रक्रिया थाल्ने छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिनेछ ।