कर्मचारी समायोजन विवाद पुग्यो सर्वोच्चमा

title
सोमवार, पुस २३, २०७५

काठमाडौं । सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश अन्यायपूर्ण र विभेदकारी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाएर ३३० जना कर्मचारीले रिट दायर गरेका हुन् । रिटमा ‘संविधान प्रदत्त मौलिक हकमा बन्देज लाग्ने गरी भएको कानुनी प्रावधान प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरी उत्प्रेषण, प्रतिषेधलगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाऊँ’ भनी माग गरिएको छ । रिटको सुनुवाइ पुस २७ का लागि तोकिएको छ ।

कर्मचारीहरुले समायोजन अध्यादेशले प्रदेश र स्थानीय तहमा समायोजित हुने कर्मचारीको वृत्ति विकासलगायतको बाटो बन्द गरिदिएको कर्मचारीहरुको आरोप छ । उनीहरुले अध्यादेशको कतिपय व्यवस्था संविधानसँग बाझिएको समेत जिकिर गरेका छन् । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।