कर्ली कपाल भएका मालिंगाद्वारा सन्यासको घोषणा

title
शनिबार, चैत्र ९, २०७५

एजेन्सी । श्रीलंकाका बलर तथा कप्तान लाथिस मालिंगाले सन् २०२० को टी-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । दक्षिण अफ्रिकाको भ्रमणमा रहेका मलिंगाले घरेलु टोलीसंगको पहिलो खेलपछि सन्यास घोषणा गरेका हुन् । शुक्रबार राति भएको पहिलो टी-ट्वान्टीमा श्रीलंका घरेलु टोलीसंग १६ रनले पराजित भएको थियो । सिमित ओभरमा श्रीलंकाका कप्तान रहेका मालिंगा छुटै एक्सन भएका दाँया हाते तिब्र गतिका बलर हुन् । उनले सन् २००४ बाट श्रीलंकाको टिममा डेब्यु गरेका थिए ।