कर नघटाए संघीयता खतरामा पर्ने– सांसद त्रिपाठी

title
सोमवार, साउन २८, २०७५

काठमाडौ । प्रतिनिधीसभा सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता खतरामा पर्ने बताउनुभएको छ ।

प्रतिनिधीसभाको सोमवारको बैठकमा उहाँले स्थानीय सरकारले मनोमानी ढंगले कर लगाउने काम गरिरहेको भन्दै त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । मनोमानी ढंगले कर थोपर्ने काम भईरहेको भन्दै उहाले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भनेर बुझ्न थालिसकेको बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा एक हजार लिनु न्यायोचित नभएको बताउनुभयो । उहाले सरकारले उखुको उचित मुल्य नतोकिदा किसानले भुक्तानी पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । यसअघि बैठकको शुन्य समयमा बोल्दै सांसद गगन थापाले काठमाडौंमा हुन लागेको बिमेस्टेक सम्मेलनमा सहभागी हुन आउने ६ राष्ट्रका पाहुनाहरुलाई अलग अलग होटलमा राख्नु सरकारलाई सुझाव दिनुभयो ।

बिमस्टेक सम्मेलनमा पाहुनाहरु आउन भएपछि सरकारले खाल्डाखुल्डी पुर्ने काम गरेकाले पाहुनाहरुलाई विभिन्न होटलमा राखिए सबै क्षेत्रको खाल्डाखुल्डी पुरिने थापाको भनाई थियो ।