चलचित्र कलाकार सङ्घको अध्यक्षमा खड्का

title
आइतवार, जेष्ठ २६, २०७६

काठमाडाै । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन्।

शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेकी छिन् ।

यस्तै, उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य भएका छन्। कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।