कलियुगको कृष्ण खोज्दै डाक्टर भट्टराई !

title
सोमवार, भदौ १८, २०७५

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई कलियुगको कृष्ण चाहिएको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले समाज विकासको प्रत्येक युगमा समस्या पैदा हुने र तिनको समाधान गर्न नयाँ विचार र व्यक्तिको जन्म हुन्छ भन्ने उल्लेख गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘श्रीकृष्ण जन्माष्टमीको शुभअवसरमा सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना ! गीताको प्रसिद्ध श्लोक ‘यदायदा हि धर्मस्य…सम्भवामि युगेयुगे’ को मर्म समाज विकासको प्रत्येक युगमा जब समस्या पैदा हुन्छन् तिनको समाधान गर्न नयाँ विचार र व्यक्तिको जन्म हुन्छ भन्ने हो ! कलियुगको कृष्ण खोजौं !