कसरी गायव भए १६४ सीमास्तम्भ

title
बुधबार, अशोज ३, २०७५

काठमाडौं । भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा मात्रै १ सय ६४ सीमा स्तम्भ गायव भएको पाइएको छ । धोबनीदेखि ठोरीका थप ५५ सीमास्तम्भ पनि गायव पारिएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ, वैशाखमा नेपाल भारतको सीमा विज्ञ र सुरक्षा अधिकारीको संयुक्त निरीक्षणमा १ सय ९ वटा स्तम्भ हराएको जानकारी गराइएको थियो । बैठकसमेत हुँदा सीमास्तम्भ बारे अवगत गराइएको थियो ।

तर, त्यस यता थप ५५ सीमास्तम्भ गायव पारिएका छन् । तीमध्ये मुख्य ४ र सहायक ५१ सीमास्तम्भ गायव पारिएको बताइएको छ ।