कस्तुरीको बिनासहित काठमाडौंबाट ४ जना पक्राउ

title
बिहिबार, साउन २४, २०७५

काठमाडौं। काठमाडौंबाट कस्तुरीको बिनासहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ज्याठामा कस्तुरीको बिनासहित चारजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने दीपक नेपाली, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछापकै बेथान बस्ने १७ वर्षीय उज्वल पाण्डे र सल्यानको कालागाउँ घर भई हाल चाबहिल बस्ने २२ वर्षीय जीबन बस्नेत रहेका छन् । पक्राउ परेकामध्ये अर्पण सुनुवारको साथबाट कस्तुरीको बिना ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।