कस्तो चल्छ ? रेखाको रहर र परिमिता प्रतिक्षा

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट दुई चलचित्र मालिका र चंगा चेट दर्शकमाझ आएका छन् । रेखा थापको निर्माण र अभिनय रहेको चलचित्र मालिका र माधव वाग्लेको निर्माणमा बनेको चलचित्र चंगा चेटको शुक्रबारबाट व्यापारिक प्रतिस्पर्धा शुरु भएको हो ।
यी दुई चलचित्रको व्यापारिक प्रतिस्पर्धा निकै नै संघर्षपूर्ण देखिन्छ । दुवै चलचित्रका सामु धेरै चुनौती खडा भएका छन् । दशैंको घटस्थापनाबाट प्रदर्शनरत दीपा निरौलाको निर्माणमा बनेको चलचित्र छक्का पञ्जा–३ ले अहिले पनि साथ पाइरहेको हुँदा यी दुई चलचित्रका लागि पहिलो चुनौती हुनेछ भने त्यस्तै फूलपातीबाट प्रदर्शनाम आएको अशोक शर्माको चलचित्र ‘जय भोले’ अर्को चुनैती छ ।
त्यसो त नेपाली चलचित्रमा महिला निर्माताले निर्माण गरेको एकाध चलचित्रबाहेन अन्यले खासै प्रभाव जनमाउन सकेको पाइँदैन । यस्तो अवस्थामा निर्मात्री रेखा थापाको अवतरण भने सहज हुँदै अवस्था छैन । एकताका नेपाली चलचित्र क्षेत्रमा उनकै दबदबा थियो । उनको अभिनय रहेका हरेक चलचित्रले उल्लेख्य दर्शक पाउँथे । दर्शक मात्र नभएर हल सञ्चालक पनि रेखाको चलचित्र भने पछि अरु प्रदर्शन भइरहका चलचित्र समेत उतार्ने गर्दथ्ये । त्यतिमात्र नभएर उनी सहजरुमा सोलो रिलिजको अवस्थामा पनि पाउने गर्थिन् । तर अव अवस्था त्यस्तो रहेन ।
एक पछि अर्को गर्दै चलचित्रमा नयाँ अनुहारहरु स्थापित हुन थालेपनि पुरानाहरुको अवस्था थप नाजूक बन्दै गएको पाइन्छ । नायिका रेखा थापाका लागि पनि यस्तै अवस्था आएको छ । उनलको पछिल्लो चलचित्र मालिकाले सोलो रिलिज पाउन नसके पनि आफ्नो चलचित्र दर्शकका लागि खास भएको दाबी गर्दै आएकी छिन् । मालिकाले नारी वेदना तथा बाल विवाहविरुद्धको कथालाई उठान गरेको छ । विषय सन्दर्भिक भए सामाजिक कथावस्तु तथा नारी वेदनाका निकै नेपाली चलचित्र निर्माण भइसकेका छन् ।
बालविवाह तथा दाइजोप्रथा विरुद्धको कथाबस्तु समेटिएको मालिकालाई लिएर रेखा थापा स्वयम् उत्साहित देखिन्छन् । तर, पछिल्ला केही वर्षयता रेखाद्वारा निर्मित र अभिनित चलचित्रले राम्रो व्यापार गर्न नसकिरहेका बेला मालिकाले दर्शकको कस्तो साथ पाउने हो त्यो भने केही दिनको व्यापारिक रिपोर्टबाट थाहा हुनेछ । तर, चलचित्रको हालै भएको च्यारिटी शोमा समकालीन अभिनेत्री करिश्मा मानन्धरले रेखाको मालिका उत्कृष्ट बनेको भन्दै तारिफ गरिन् । उनले नेपाली नारीहरुले मालिका एकपटक हेर्नैपर्ने चलचित्र भएको बताइन् ।
निर्देशनसँगै रेखाको आफ्नै निर्माण तथा अभिनय रहेको मालिकामा जाजरकोटकी कमला ओलीको मूख्य भूमिका रहेको छ । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । नर बहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।
शुक्रबारबाटै निर्माता माधव वाग्लेको चलचित्र ‘चंगा चेट’ प्रदर्शनमा आउँदैछ । कमेडी जनराको यो चलचित्र दर्शकका लागि प्रतिक्षित चलचित्र हो । चलचित्रको छायांकनताका नक्कली पैसा प्रकरणका कारण निर्माता वाग्ले पक्राउ परेपछि चलचित्रको थप चर्चा चुलिएको थियो । केही केही महिनाअघि मात्रै वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परेर हिरा भएका थिए । निडर स्वभावका निर्माता वाग्ले ‘लुट’का निर्माता पनि हुन् । केही व्यावसायिक सफल चलचित्र निर्माण गरेका वाग्ले खुलेर चलचित्र प्रचार गर्ने निर्माता पनि हुन् । वाग्ले नक्कली नोट काण्डमा करिब ४ महिना जेल जीवन बिताएर २५ लाख घरौटीमा रिहा भएका हुन् । उनी विरुद्धको मुद्धा अहिले अदालतमा विचाराधीन छ ।
दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, सन्दीप क्षेत्री, पारमिता आरएल राणा, सुरक्षा पन्त र रविन्द्र झा लगायतको अभिनय रहेको छ । निर्देशक खनालले आफूले दर्शकका लागि राम्रो र मनपर्ने चलचित्रको रुपमा ‘चङ्गा चेट’ बनाएको बताएका छन् । उनले कमेडी बिषय चलचित्रमा उठाइएको भए पनि अहिले बजारमा आएका चलचित्र भन्दमा भिन्न रहेको दाबी गरे । त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले चलचित्रको बिषयबस्तु उत्कृष्ट भएको कारण आफूले अभिनय गरेको बताइन् । त्यसो त चलचित्रकी अर्की अभिनेत्री परिमिताका लागि प्रतीक्षाको घडी शुरु भएको छ ।
लगातार दुईवटा चलचित्रमा असफलता व्यहोरेकी परिमिताका लागि यो चलचित्र अग्निपरीक्षा पनि हो । ‘चपली हाईट २’बाट बक्सअफिसमा डेब्यु गरेको परमिता केही महिना अगाडि प्रदर्शनमा आएको चलचित्र ‘रोज’मा देखिएको थिइन् । रोजबाट पनि उनले दर्शकको साथ पाउन सकिनन् । तर, चलचित्र चंगा चेटको ‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की नाचन’ बोलको गीतमा उनी अहिले चर्चित बनेकी छिन् । अब फिल्मबाट उनको कस्तो तारिफ हुने हो ? हेर्न बाँकी छ । उनले भने आफ्नो करिअरको सबैभन्दा आशातित फिल्मका रुपमा ‘चङ्गा चेट’लाई लिएकी छिन् ।
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना
-
जोखिममा हस्पिटल
-
निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य
-
नाष्टले पेट्रोल निकाल्दै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
-
बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल
-
बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित
-
डीपीएल ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो
-
अवैध क्रसर बन्द गरिँदै
-
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
-
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
-
कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ
-
‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल
-
कर्मचारी समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित
-
डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा
-
बैंकलाई ब्याजदर लचिलो बनाउन प्रधानमन्त्रीको आग्रह
-
अज्ञात बन्दुकधारीले चलाएको गोलीबाट ६६ जनाको मृत्यु
-
बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित
-
नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा
-
नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम