कस्तो रह्यो विप्लवको बन्द

title
बिहिबार, फाल्गुन ३०, २०७५

पुष्कर खतिवडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभन्न स्थानमा शंकास्पद वस्तु र बमको आतंकले जनजीवन त्राहि त्राहि बन्यो । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले कैलाली, नवलपरासी र मकवानपुर लगायतका जिल्लामा ट्रक, बस र ट्याक्टरमा आगजनी समेत गरेका हुन् ।

त्यसोत, फाल्गुण २८ गते नेपाल सरकारले पार्टीका गतिविधि माथि प्रतिवन्ध घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहिबार देशभर बन्द आवहान् ग¥यो । बन्दको असर शहरी इलाकामा खासै नदेखिए पनि ग्रामिण क्षेत्रमा बन्दका कारण सार्वजनीक सवारी साधन ठप्प भए ।

बन्दको प्रत्यक्ष असर, ब्यापारीक, औद्योगिक, सार्वजनिक यातायात, रोजगारी लगायतका क्ष्ँेत्रमा परेको छ । बन्दले सबैभन्दा बढि शैक्षिक क्ष्ँेत्र प्रभावित् बन्यो । राजमार्गहरुमा चलेका निजी तथा भाडाका सवारी साधनलाई प्रहरीले स्कर्टीङ गरेर गन्तव्यमा जान सघाएपनि सार्वजनिक यातायातका साधान निकै थोरै मात्र चले ।

बन्दको अवज्ञा गरेका भन्दैे विप्लब समुहका कार्यकर्ताले देशका बिभिन्न स्थानमा १ दर्जन भन्दा बढि सवारी साधन जलाएका छन् । कतै जन्ती बस, कतै खाली ट्रक त कतै लाखौको सामाग्रि बोकेका मालबाहक ट्रकमा आगजनि भएको छ । रौतहट, नवलपरासी, पोखरा, बुटवल, हेटौडा, दाङ, सिन्धुपाल्चोक, बाँके, नेपालगञ्ज, बुटवल, प्युठान, वाजुरा, कपिलबस्तु, गोरखा, रुकुम र काठमाडौंको घट्टेकुलो लगायतका स्थानमा शंकास्पद बस्तु फेला परेका छन् ।

तर नेपाल प्रहरीले देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको र फाट्टफुट्ट केहि घटना भएको जनाएको छ । नेपाल प्रहरीले शान्ति सुरक्ष्ाँ कायम राख्न पर्याप्त सर्तकता अपनाएको बताए पनि बिहिबारको बन्दका क्रममा देशभर आतंक फैलाउने गतिविधि प्रसस्तै भएका छन् । प्रहरीले मुलुकका बिभिन्न भागबाट थुप्रै वन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

सरकारले विप्लव समुहका गतिविधि नियन्त्रणका लागि बन्दकर्ता तथा आतंकपूर्ण गतिविधिमा संलग्नहरुलाई गोली हान्नेसम्मको निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेख्दै संकास्पद गतिविधिमा संलग्नहरुलाई घुडामुनि गोली हान्न र नियन्त्रणमा लिन सक्ने ‘अधिकार’ दिएको हो ।

तर विप्लब समुहका नेताले पार्टिमाथि लगाइएको प्रतिबन्धको जवाफ दिने र जनपक्षीय एजेण्डा संवोधनका सबै किसिमका गतिविधि गरिने जनाउ दिएका छन् । सरकारले आतंकपूर्ण गतिविधि नियन्त्रण भित्रै रहेको दावी गरेपनि बन्दबाट, जुन सर्वहारा वर्ग र गरिखाने वर्गको मुक्तिका लागि भन्दै विप्लवहरुले बन्द गरे त्यही वर्गको पेटमा लात हान्ने काम भएको छ ।