काँग्रेसको महासमिति बैठक सर्‍यो, मंसीर २८ देखि पुष ३ मा सार्ने निर्णय

title
मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौ । मंसीर ५ देखि ९ गतेसम्म काठमाडौमा हुने भनिएको काँग्रेसको महासमिति बैठक मंसीर २८ देखि पुष ३ सम्म सार्ने निर्णय गरेको हो । पार्टी कार्यालयमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभपाति मनोनित गर्ने निर्णय समेत गरेको छ ।

समस्या नै समस्याका बीच जसोतसो महासमिति बैठकको तयारीमा जुटेको नेपाली कांग्रेसले पार्टी सदस्यता प्रणाली, सभापतिको अधिकार तथा निर्वाचन प्रणाली सम्वन्धी विवाद मिलाउन नसक्दा फेरि महासमिति बैठक प्रभावित बनेको हो ।

महासमिति बैठक सार्ने र गच्छदारलाई उपसभापति बनाउने प्रक्रियाका विषयमा भने पर्यात्प छलफन नभएको भन्दै केही नेताहरुले आपत्ती जनाएका छन् ।

महासमिति बैठक सार्ने निर्णयपछि वधान संसोधनको मस्यौदा पेश गर्ने तयारीमा रहेको समितिले समेत विधानको मस्यौदा केन्द्रीय समितिमा पेश गर्ने तयारीबाट समेत पछि हटेको छ ।

मंसीर ३ गते समय सकिने नेपाल विद्यार्थी संघको अधिवेशनका विषयमा कुनै निर्णय गर्न नसकेको काँग्रेस केन्द्रीय समिति बैठकले तत्कालिन फोरम लोकतान्त्रिकका बाँकी नेताहरुको व्यवस्थापन तथा भातृसंगठनको समायोजनाका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।