कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

title
सोमवार, माघ ७, २०७५

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको सोमवारको दोस्रो बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले सदन अवरुद्ध नगर्न पटक पटक आग्रह गर्नुभए पनि कांग्रेस सांसदहरुले आशनबाट उठेर विरोध जनाएका थिए । सभामुख महराले बैठक मंगलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिनुभयो ।